सत्तारूढ नेकपा स्थानीय नेतासहित १ सय ६८ जना कांग्रेस प्रवेश

प्रकाशित मिति:

चितवन – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थानीय नेता जितबहादुर रानासहित १ सय ६८ जना नेपाली कांग्रेस प्रवेश गरेका छन्।कांग्रेस इच्छाकामना गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेलामा नेता गगन थापाले उनीहरूलार्इ पार्टी प्रवेश गराएका हुन्।

उक्त कार्यक्रममा नेता थापाले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि जागरण अभियान महत्वपूर्ण हुने बताए।थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन जागरण अभियान सुरु गरिएको बताएका छन्। कांग्रेस इच्छाकामना गाउँपालिकाका संयोजक विष्णु कुँवर, कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्, काङ्ग्रेस नेता सावित्री पुडासैनी, हिरा गुरुङ, रामबहादुर लामालगायतले जागरण अभियानबारे आ–आफ्नो धारणा राखेका थिए।