होटल संघको अध्यक्षमा राणा निर्वाचित

२६ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
32 Shares


काठमाडौं -होटल संघ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छन्। आज यहाँ सम्पन्न संघको साधारणसभाले अन्नपूर्ण होटलका प्रमुख कार्यकारी अधिकृत राणालाई अध्यक्षमा निर्वाचित गरेको हो।

यस्तै प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशालकुमार निर्वाचित भएका छन्।

यस्तै सदस्यमा अमरमान शाक्य, दिनेशबहादुर विसट, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोदबहादुर श्रेष्ठ, विप्लव पौडेल, विनोशशङ्कर श्रेष्ठ, गोपाल राना, रामकुमारी पुरी, युवराज श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र भट्ट, ज्ञानेन्द्रकुमार विष्ट, राजन श्रेष्ठ, राहुल शाक्य, हेमबहादुर गुरुङ, सिपी श्रेष्ठ, अशित शम्शेर जङ्गबहादुर राणा, राहुल चौधरी र भरतराज पराजुली सदस्यमा निर्वाचित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा