रंगशाला निर्माणले रोकियो ‘धुर्मुस सुन्तली’ को फिल्म

प्रकाशित मिति:

काठमाडौँ -हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘धुर्मुस(सुन्तली’ को चरित्र निभाएपछि आम दर्शकमाझ चिनिएका सिताराम कट्टेल र कुञ्जना घिमिरे केही वर्षयता कलाकारिताबाट ब्रेक लिएर समाजसेवामा होमिएका छन् । दुईलाई लामो समयदेखि न टेलिभिजन स्क्रिनमा देखिएको छ न त सिल्भर स्क्रिनमा नै ।

बस्ती निर्माणपछि अहिले उनीहरु चितवनको भरतपुरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । सन्तपुर बस्तीमा एकीकृत नमूना बस्ती निर्माण गरेपछि ‘धुर्मुस सुन्तली’ कमेडी फिल्म निर्माण गर्ने अन्तिम तयारीमा थिए । फिल्मको नाम ‘एन्टिभाइरस’ समेत जुराइएको थियो । लिड रोलमा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको थियो । गत वर्ष सितारामको जन्मदिनमा नै फिल्मको घोषणा गर्ने तयारी भएको थियो । तर, तयारी नपुगेको भन्दै उनले फिल्म घोषणा गरेनन् । निर्देशन कुञ्जनाले गर्ने चर्चा थियो ।

केही महिनाअघि ज्योतिषको सल्लाहमा ‘धुर्मुस सुन्तली’ ले फिल्मको नाम ‘एन्टिभाइरस’ बाट ‘सेन्टिभाइरस’ बनाए । तर, लगानी ठूलो लाग्ने भएपछि उनीहरुले फिल्म निर्माणलाई तत्काल रोकेको जानकारी प्राप्त छ । अहिले सिताराम र कुञ्जना नयाँ कथामा काम गरिरहेको स्रोत बताउँछ । केही महिनायता क्रिकेट रंगशाला निर्माणमा खटिरहेका उनीहरुले ढिलो चाँडो फिल्म बनाउने बताएका छन् । हास्यकलाकार द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’ हेरेर फर्किने क्रममा संवाददातासँग कुराकानी गर्दै ‘धुर्मुस(सुन्तली’ ले रंगशाला निर्माण अघि वा पछि कुनै पनि बेला फिल्म बन्ने बताए । सिताराम भन्छन्, ुफिल्मको तयारी त भइरहेकै थियो । तर, राष्ट्रिय गौरवको परियोजना भएका कारण अहिले हामी क्रिकेट रंगशाला निर्माणमा जुटेका छौं । बीचमा समय निस्किएको खण्डमा फिल्म बनाउन पनि सक्छौं ।सिताराम र कुञ्जनाले फिल्म ‘दाल भात तरकारी’ को पनि तारिफ गरे । दुबैले फिल्म अत्यन्त राम्रो रहेको बताए । कुञ्जना भन्छिन्, ‘यो फिल्मले हरेक पुस्तालाई जोडेको छ । फिल्म पूर्णरुपमा मनोरञ्जनात्मक छ । फिल्म हेरेर निराश भइन्न ।’ उनले दर्शकलाई पनि फिल्म हेर्न आग्रह गरिन् । कलाकारले सितारामले फिल्म अत्यन्त राम्रो बनेको बताउँदै हेरुन्जेल हाँसोको कमी नहुने बताए ।