ढोक गर्दा शिर किन निहराउने बैज्ञानिक एव् धार्मिक कारण बारे जानकारी लिनुहोस

२७ बैशाख २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13K Shares


हामी कसैलाई श्रद्धापूर्वक अभिवादन गर्दा शिर झकाउँछौं । आमाबुवा, गुरु आदिलाई खुट्टामा छोएर ढोक्ने हाम्रो संस्कार नै छ । अहिलेको आधुनिक युगमा यस किसिमको संस्कार क्रमस हराउँदै गएको छ । आधुनिक पुस्ताले यसलाई खासै महत्व दिएको छैन । न यसको कारण खोज्ने जाँगर नै देखाएका छन् । हामीले कसलाई अभिवादन गर्ने रजसलाई हामी हृदयबाट श्रद्धा गर्छौ, उसको सामुन्ने अभिवादन गर्छौ ।

कसैप्रति कृतज्ञता प्रकट गर्ने शैली पनि हो । आमा बुवा, गुरु, मान्यजन वा आफ्नो लागि आदर्श कुनैपनि व्यक्तिप्रति हाम्रो श्रद्धा रहन्छ । र, उनीहरुको सम्मुखमा पर्दा हामी अभिवादन गर्छौ । अभिवादन गर्दा शिर झकाउने वा आफ्नो हातले खुट्टामा छोइदिने गरिन्छ । यसलाई ‘चरणस्पर्श’ भनिन्छ ।

के हुन्छ फाइदा

१। हामी जब कसैलाई अभिवादन गर्छौ, हामीभित्र प्रेम, विनय, विनम्रता, करुणा, श्रद्धा भाव पैदा हुन्छ । यसले किसिमको भावले हामीलाई सधै सकारात्मक र उर्जावान बनाउँछ ।

२। अभिवादन गर्दा हामीभित्र रिस, आवेग, अंहकार कम भएर जान्छ । मानसिक विकार हट्छ ।

३ ।अभिवादन गर्दा वा कसैलाई प्रेमपूर्वक अंगालो हाल्दा एकअर्काप्रति सद्भाव जाग्छ । यसले भावनात्मक रुपले दुबैलाई जोड्ने काम गर्छ ।

४। कसैलाई झुकेर प्रणाम गर्दा वा चरण स्पर्श गर्दा हाम्रो शरीरको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन पाउँछ ।

चरण स्पशै किन

हामी आफ्ना मान्यजनलाई उसको खुट्टामा छोएर सम्मान प्रकट गर्छौं । यसको मनोवैज्ञानिक, शारीरिक फाइदा छन् । खासगरी ख्यातीप्राप्त व्यक्ति, जसलाई हामी आफ्नो जीवनको आदर्श ठान्छौं, उसको चरण स्पर्श गर्दा हामी स्वंमलाई फाइदा हुने वताइन्छ । के भनिन्छ भने, हरेक व्यक्तिको खुट्टामा उसको इनर्जी संचार भइरहेको हुन्छ ।पूजनिय व्यक्तिको सकारात्मक इनर्जी आर्शिवादको रुपमा हाम्रो शरीरमा प्रवेश गर्छ । यसले हाम्रो आध्यात्मिक तथा मानसिक विकास हुन्छ ।महान वैज्ञानिक न्युटनको नियम अनुसार संसारमा हरेक कुरा गुरुत्वाकर्षणले बाँधिएको हुन्छ । गुरुत्व भार सधै आकषिर्त गर्नेतर्फ जान्छ । यो कुरा हाम्रो शरीरमा पनि लागु हुन्छ ।यदि हामीभित्र करुणा, प्रेम, ज्ञान, विवेक, श्रद्धा, समर्पण, मित्रता जस्ता गुण छ भने त्यसले स्वतः अरुलाई आकषिर्त गर्छ । यस्ता गुणले भरिपूर्ण व्यक्तिको चरण स्पर्श गर्दा त्यसले हाम्रो शरीरमा उर्जा पैदा गर्छ । खुट्टा छोएर श्रद्धा प्रकट गर्नु एक विज्ञान पनि हो, जसले हाम्रो शारीरिक, मानसिक र बैचारिक विकाससँग जोडिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग