सुनको मुल्य बढ्यो

प्रकाशित मिति:

काठमाडौँ -सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहिवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले बृद्धि भएको हो ।

छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।