यस्ता छन बदाम को फाईदा

प्रकाशित मिति:

बदाम पौष्टिक तत्वको भण्डार हो प्राय खाना डेकोरेट गर्न होस् या जाडोमा घाममा बसेर खान मन पराईन खानामा पर्दछ बदाम ।बदाम पौष्टिकले भरपुर मात्र नभई शरीरमा औषधीको रुपमा पनि काम गर्ने गर्दछ । फाईदा यस्ता छन् –

तौल नियन्त्रण गर्छ स् बदाम थोरै खाए पनि छिट्टै अघाईने हुनाले अन्य क्यालोरियुक्त खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ । मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् ।क्यान्सर हुनबाट जोगाउँछ स् बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ जसले मूख्य गरी ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ ।

कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा पाईने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ ।

डायबिटिजबाट जोगाउँछः बदाममा म्याग्नेसियम भरपुर हुने कारणरण शरिरमा उचित मात्रामा ब्लड सुगर लेबल मेन्टेन गर्न र डायबिटिजको समस्याबाट जोगाउँछ ।स्ट्रोकको खतराबाट जोगाउछ स् बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ ।

डिप्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस ।

शिशुलाई स्वस्थ बनाउँछः बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या० बाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ ।

छालामा चमक ल्याउँछः बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउछ । बदाममा पाइने पोषणयुक्त फाईबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ । बदाममा बृद्ध हुनबाट जोगाउने अणु हुन्छ जसले छालालाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदामको सेबनले अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन ।

कपाल सुन्दर बनाउँछः बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ ।