पानी कम हुँदा निम्तिन्छ यी ९ समस्या

२७ बैशाख २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
35 Shares


एजेन्सी -केही खानेकुरा नखाई मानिस एक दुई दिन बाँच्न सक्छ। तर, पानी बिना भने प्राय असम्भव छ। पानी जीवन हो । यो हाम्रो शरिरको महत्वपूर्ण अंश हो। शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी सबैमा पानी नभई हुँदैन । पसिना र पिसाबबाट हाम्रो शरिरको पानी जाने गर्छ।

विज्ञहरुका अनुसार शरिरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ। शरिरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ । शरिरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ। पानी कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायत हुन्छ। शरिरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ। पानीको अभावमा स्वास्थ्यमा निम्न समस्या हुन्छन्

१ डिहाइड्रेसन स् पानी अभावमा शरिरमा डिहाइड्रेसन हुन्छ। डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ।

२कब्जियत स् शरिरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ।

३ शरिरको तापक्रम बृद्धि गर्छ स् शरिरमा पानीको मात्र कम हुद शरिरको तापक्रम घट्छ। शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ।

४ पेटको अल्सर स् शरिरमा पानीको अभावमा पेटको अल्सर हुन्छ। पेटमा म्युकोसको निर्माण हँदैन। यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ।

५जोर्नी दुख्छ स् जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ। जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ।

रक्तचाप घट्छ स् रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ। तसर्थ शरिरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ।

७ मुटुको धड्कन बढ्छ स् जब शरिरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ।

८ पाचन प्रणालीमा समस्या स् पानी शरिरको एउटा महत्वपूर्ण पर्दाथ हो जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुयाउछ र पाचन प्रणालीलाई सफा बनाउछ। पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ।

९ कमजोर र धमिलो स् शरिरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न गर्छ। यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु