एक क्विन्टल गाँजासहित दुई पक्राउ

प्रकाशित मिति:

सर्लाही-सर्लाहीबाट एक क्विन्टल गाँजासहित दुई पक्राउ परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका ३३ वर्षीय कान्छा योन्जन र प्रगन सहनी योन्जनको घरबाट लागुऔषध सहित पक्राउ परेका हुन् ।

८० किलो गाँजा छ भने २० किलो चिप्पड सहित विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनीहरुलाई पक्राउ गरेका प्रहरीले जानकारी दिएको छ ।बिहीबार साँझ पक्राउ परेका उनीहरुले सो लागुऔषध भारत पास गर्न लागेको बताइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको र त्यसपछि आवश्यक्ता अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।