रुपन्देहीमा सञ्चालित विद्यालयका बसहरुमा प्रहरीको छडके चेक जाँच शुरु

प्रकाशित मिति:

कृष्ण पाण्डे रुपन्देही-रुपन्देहीमा सञ्चालित बिद्यालयका बसहरुमा प्रहरीले छडके चेक जाँच गरेको छ ।विद्यालयहरुले विद्यार्थीहरुलाई बसमा क्षमता भन्दा बढी बिद्यार्थी राखेर जोखिम पुर्ण यात्रा गराएको भन्ने जनगुनासो अभिभावकहरुबाट आएपछि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानका प्रहरी कार्यालयहरुबाट विद्यालयका बसहरुमा अनुगमन शुरु गरेको छ ।

प्रहरीले अनुगमन तथा छडके निरीक्षण जारी रहने बताएको छ । बैशाख २८ गतेसम्म प्रहरीले अनुगमन निरीक्षणका क्रममा सम्झाउने र २९ गतेदेखि त्यही क्रम दोहोरीएमा कारबाही गर्ने बताएको छ ।