प्रदेश ५ मा भोटर्स क्लब गठन !

प्रकाशित मिति:

बुटवल – प्रदेश ५ मा भोटर्स क्लबको गठन भएको छ । लोकतन्त्र, जवाफदेहिता र पारदर्शिता प्रवर्द्धन गर्ने उदेश्यले यो क्लबको गठन गरिएको हो । टिम लिडर गोविन्द परियारले बुटवलमा बसेर बिभिन्न पेशा ब्यवसाय संग जोडीएका युवा मतदातामाझ भोटर्स क्लबको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

सामाजिक सञ्जाललाई लोकतन्त्र र जवाफदेहिताको प्रवर्द्धनमा कसरी उपयोग गर्ने भन्ने विषयमा प्रस्तुति पत्रकार ओमआस्था राईले सहजिकरण गर्नुभएको थियो ।
लोकतन्त्रलाई केबल भोट हाल्ने सोच धेरैमा रहेको र त्यो सोचलाई अन्त्य गरी आफ्ना प्रतिनिधिलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिन सहजकर्ताहरुले जोड दिनुभएको थियो ।

पत्रकार अबिरल थापाले नागरिक सहभागिता कार्यशाला र मतदाता क्लब गठन कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।  स्थानिय क्लब संयोजक एबम पत्रकार बिक्रम खड्काले लोकतन्त्रलाई कुण्ठित पार्न खोजिएको र आफ्ना स्वतन्त्र अभिब्यक्तीलाई सामाजिक सञ्जालमा सम्प्रेशण गर्न नपाउनु नागरिक माथिको सांकेतिक हस्तक्षेप रहेको बताउनुभएको थियो ।