जाजरकोटको पहिरो अपडेट : ९ जनाको शव भेटियो

प्रकाशित मिति:

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये नौ जनाको शव फेला परेको छ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। यस्तै मृत्यु हुनेमा तिर्सना सितला, ९ वर्षीया भगवति बिक, ६ वर्षीया रञ्जना बिक र मनिषा बिक रहेका छन्।

पहिरो आज विहान आठ बजेतिर गएको प्रहरीले जनाएको छ। पहिरोमा परी दुई घर पुरिएका छन्।