अमेरिकी अग्रसरतामा सिरियामा कारबाही

प्रकाशित मिति:

दमास्कस – सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए ।

इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ । सिरियाली सरकारले हालैमात्र सिरियाको सबै भूभागलाई सिरिया सरकारको नियन्त्रणमा लिइने जनाएको थियो । एसडीएफ समेतका कुर्दिस समूहहरुलाई पनि सिरियालाई केन्द्रमा राख्न सरकारले आग्रह गरेको थियो । – (रासस÷एएफपी)