शंकरनगरको वनबाटीकामा बालरेल सञ्चालनमा

प्रकाशित मिति:

तिलोत्तमा । तिलोत्तमाको शंकरनगर स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रमा आजदेखि बालरेल सञ्चालनमा आएको छ ।यस क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा स्थापित हुदै गएको बिहार तथा अनुसन्धान केन्द्रमा रोटरी क्लव अफ बुटवल र तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा रोटरी डिष्टिक ३२९२ ले तयार पारेको बाल रेल परियोजना संचालनमा ल्याईएको छ ।

एक करोडको रेलपरियोजना सञ्चालनमा ल्याउन रोटरी क्लवको ४५ लाख रुपैया खर्च भईसकेको रोटरी क्लव अफ बुटवलका अध्यक्ष डा।नारायण प्रसाद पन्थले जानकारी दिए ।आज बिहार तथा अनुसन्धान केन्द्रमा आयोजित एक कार्यक्रमका बीच रोटरी इण्टरनेशनल नेपाल भुटानका गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगरपलिकाका प्रमुख बासुदेव घिमिरेले बिहार तथा अनुसन्धानका अध्यक्ष बाबुराम अर्याललाई परियोजनाको साचो हस्तान्तरण गरे ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथि डिष्टिक गर्भनर भट्टराईले मानवीय सेवामा सर्म्र्पित भई रोटरीले बिभिन्न सहयोगका कार्यहरु गरेको जानकारी गराउदै शंकरनगरमा बालबालिकाको बृहत्तर बिकासका लागि बालबालिका केन्द्रित कार्यहरु गरेको बताए । उनले शहरमा बालबालिका खेल्ने रमाउने ठाउ अभाव हुदै गएकाले नै बालबालिकाको मनोबिज्ञानमा असर पर्न नदिन रोटरीले बालबालिकालाई प्राथमिकतामा राखेको बताए ।रोटरी आफैले केही गर्ने नभई राटरीमा आवद्ध ३ हजार ५ सय ९० क्लवका ति क्लवका सदस्यहरुको सहयोग, सहकार्य र समपर्णबाट नै ठुला ठुला परियोजनाहरु सञ्चालनमा आएको बताए । उनले बाल रेलको परियोजनालाई पनि यस क्षेत्रका सबै रोटरीयनहरुले संयुक्त रोटरीको परियोजनाका रुपमा लिएर बिस्तार गर्न आग्रह गरे ।कार्यक्रमका बिशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे रेल परियोजनाको उदघाटन गरी रेल आफैले चलाएर हिडदा गौरवको अनुभूति भउको बताउदै तिलोत्तमाको पर्यटन बिकासका लागि बनबाटीका महत्वपूर्ण स्थल भएको बताए । उनले रेलसंगै आउदो आर्थिक वषृको अन्त्यसम्ममा भ्यू टावरको पनि निर्माण पुरा भएपश्चात बन बिहार आउने पर्यटक चार गुणा बृद्धि हुने बताए ।बनबाटीकाको थप बिकासका लागि अनुसन्धान केन्द्र, सामुदायिक वन तथा अन्य सरोकारवालाहरुलाई राखेर एकिकृत गुरुयोजना समेत बनाउदै जानकारी दिदै त्यसपश्चात पनि सहकार्यलाई निरन्तरता दिन रोटरीलाई आग्रह गरे ।रोटरी क्लव अफ बुटवलका अध्यक्ष डा। नारायण प्रसाद पन्थको सभापतित्व, सचिव दया भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा रोटरीका डिष्टिक एसिष्टेण्ट गर्भनर कृष्ण प्रसाद अर्याल, क्लवका पूर्व अध्यक्ष निर्मल प्रसाद लाकौल, बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्याल, सचिव खिमलाल पाण्डे लगायतले बोलेका थिए ।