न्यू होराइजनमा सदनको नेता छान्न चुनाव

प्रकाशित मिति:

बुटवल-बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूलमा सदनका नेता तथा उपनेता छान्न चुनाव (मतदान) भएको छ । मतदानका माध्यमबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक परिपाटीको विकास गर्ने उद्देश्यले विद्यालयले पहिलोपटक विद्यार्थीमाझ चुनावी अभ्यास गरेको हो ।

राष्ट्रियस्तरमा हुने निर्वाचनका नियमहरु पालना गरेर विद्यालयले चुनाव गरेको हो । जसमा सदनका नेता र उपनेताका उम्मेदवारहरुले विद्यार्थीमाझ आफ्ना वार्षिक कार्ययोजना र प्रतिवद्धताहरु अघिल्लो दिन पेश गरेका थिए । उम्मेदवारका चुनावी घोषणा हेरेर विद्यार्थीले आफ्नो सदनको नेता र उपनेता छानेका छन् । जस अनुसार गंगालाल सदनको नेता रबिन सुनारी तथा उपनेताहरूमा स्पन्दन पौडेल र आयुशा न्यौपाने , दशरथ सदनको नेतामा संजय केसी तथा उपनेताहरूमा स्वप्निल मान श्रेष्ठ र अश्विन ठकुरी निर्वाचित भएका छन् ।

यस्तै धर्मभक्त सदनको नेतामा प्रकाश जिएम तथा उपनेताहरूमा आशिष राना र सन्दिप कार्की तथा शुक्रराज सदनको नेतामा शिशिर बन्जाडे तथा उपनेताहरूमा प्रमोद सापकोटा र सृष्टि श्रिस मगर बिजयी भएका छन् । कक्षा ८,९ र १० बाट ९७६ मत मध्ये ९४३ मत खसेको र २ मत बदर भएको प्रमुख निर्वाचन आयुक्त प्रकाश खनालले बताए । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीलाई मतपत्र प्रदान गर्दै मतदानको उद्घाटन गरेका थिए । सो अवसरमा उनले चुनावले विद्यार्थीमा नेतृत्व र व्यक्तित्व क्षमताको विकासमा टेवा पुराउने बताए । निर्वाचनको अनुगमन संस्थाका उपप्राचार्य बालकृष्ण भण्डारीले गरेका शिक्षक प्रकाश गौतमले जानकारी दिए ।