तिनाउ स्कूलमा कबिता प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुुटवल ११ देविनगरमा अवस्थित तिनाउ र्र्बोिर्डङ्ग स्कुुलमा नियमित शुुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तरगत खुुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । तिनाउ साहित्य वाटिकाको आयोजना तथा तिनाउ वाल क्लवको संयोजनमा सम्पन्न उक्त क्रार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष यज्ञमुुर्ति पाण्डे विशिष्ट अतिथि, विद्यालयकि प्राचार्य प्रमुख अतिथि तथा तिनाउ साहित्य वाटिकाका अध्यक्ष सत्यम ज्ञवालीको सभापतित्वमा कार्यक्रम संचालन विद्यार्थी साजन मल्लले गरेका थिए ।

कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरु विच सम्पन्न उक्त प्रतियोगितामा झन्डै ५० भन्दा बढि विद्यार्थीहरुले कविता वाचन गरेका थिए । कार्यक्रमको विच विचमा विभिन्न किसिमका गजल तथा सांस्कृतिक झाकिहरु पनि प्रस्तुुत गरिएको थियो । विद्यालयका नेपाली शिक्षक विश्वास भन्डारीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले विद्यार्थीहरुलाई पढाइमा मात्र सिमित नभई उनीहरुमा रहेका अन्तरनिहित प्रतिभाहरु कदर गर्नुुपर्नेमा जोड दिए । प्राचार्य सिता पाण्डेले विद्यार्थीहरुलाई पढाई लगायत विभिन्न अतिरीक्त क्रियाकलापहरुमा बढि जोड दिइएको बताइन् । प्रतियोगितामा कक्षा ९ सनका प्रविन रसाईली प्रथम, कक्षा ८ स्टारकी वर्षा पौडेल द्घितीय र कक्षा ८ स्टारकै प्रसान्त पैडेल तृतीय स्थान हासिल गरेका विद्यालयका सुुपरिवेक्षक ईश्वरी प्रसाद पाण्डेले दिए ।