ट्रक समितिमा पाण्डे र कंडेल भिड्दै ,महासचिवसहित ७ जना निर्विरोध

प्रकाशित मिति:

बुटवल-पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको यही बैशाख २८ गते शनिवार हुने ११ औं अधिवेशनका लागि भएको उम्मेदवारी दर्तामा महासचिव सहित ७ पदाधिकारी पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।

त्यसरी निर्विरोध हुनेमा महासचिवमा जितु भाट, सचिवमा वसन्त खडका, रुपन्देही उपाध्यक्षमा अर्जुन कुमार भुसाल र डिल्ली राज रिजाल, नवलपरासी सेक्टर उपाध्यक्षमा खिम बहादुर थापा क्षेत्री (नारायण),नवलपुर सेक्टर उपाध्यक्षमा पर्शुराम भण्डारी (रामु) र काठमाण्डौ सेक्टर उपाध्यक्षमा रमेश कुमार फौज्दार रहेका छन् । समितिको शनिवार हुने निर्वाचनमा नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष यम प्रसाद पाण्डे र वर्तमान महासचिव हरि प्रसाद कंडेलका बीच प्रतिष्पर्धा हुने भएको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्ष्ँमा कमल घिमिरे र प्रताप बहादुर कार्की ,कोषाध्यक्षमा गेहेन्द्र राज न्यौपाने र हरि प्रसाद रिमाल तथा उपाध्यक्ष खुला सेक्टरमा युवराज पन्त र सिद्धार्थ उदयका बिच प्रतिष्पर्धा हुने भएको छ । उपाध्यक्ष गुल्मी÷पाल्पा÷स्याङजामा खुमबहादुर बि.सी (गोविन्द)र निरज के.सी. उपाध्यक्ष कपिलवस्तु÷अर्घाखांची सेक्टरमा गणेश घिमिरे र चेत बहादुर थापा (अमर)का बिचमा प्रतिष्पर्धा हुने भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्र पाण्डेले बताए । समितिको १० जना कार्यसमिति सदस्य पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । जसमा अशोक कुंवर,ओमकान्त तिमिल्सीना,कमल प्रसाद सापकोटा,काशीनाथ पोखरेल,कृष्ण ठकुरी,कृष्ण बहादुर के.सी.,खगेश्वर काफ्ले,गोपाल लम्साल,तिलक प्रसाद काफ्ले,देवेन्द्र वानिया,नारायण प्रसाद रेग्मी,पिताम्वर सेजवाल,बिनोद अर्याल,बेल बहादुर खड्का,भोला खांण,लक्ष्मण गैरे,सुर्य बहादुर लम्साल,शोभाकान्त पाण्डे र श्याम प्रसाद कुंवर योगी चुनावी मैदानमा उत्रिनु भएको छ । कुल १ हजार १ सय २१ जना मतदाता रहेको समितिमा शनिवार बिहान ९ वजे देखि मतदान हुने निर्वाचन समितिका अधिकृत यमलाल भुसालले बताए ।