मोटरसाइकलले छोरिलाइ ठक्कर दिदा बुबा द्वारा गुल्मीमा चालक कुटपिट

प्रकाशित मिति:

मनोज कार्की गुल्मी-गुल्मिको तम्घास मिलनचोकमा छोरिलाइ मोटर साइकले ठक्कर दिएको भन्दै गुल्मी का एक युबा कुटपिट भएका छन । गुल्मिको रेसुङा नगरपालिका ४ अर्खले घर भइ तम्घासमा ब्याबसायी गर्दै आएका रेमलाल बस्याल लाई कुट पिट गर्दा बस्याल घाइते भएका छन ।

छोरिलाइ मोटरसाइकलले ठक्कर दिएको भन्दै ठक्कर दिएकै ठाउँमा इस्मा गाउपालिका ४ का शिबलाल जिसिले बस्याललाई कुटेका छ्न ।बस्यालको लु ३३ प ५३९९ नम्बर मोटरसाइकलले तम्घासको मिलनचोकमा ठक्कर दिँदा इस्मा गाउँपालिका ४ ढाडाकी ७ वर्षीय सफलता जिसी सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते वालिकाको अबस्था भने सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जानकारी दिएको छ । बालिकाको गुल्मी अस्पतालमा समान्य उपचारपछि घर फर्किएकी छन् । कुटपिट गर्ने जिसीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय गुल्मिले जनाएको छ ।कुटपिट गर्ने जिसी स्याङजा जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवानका रुपमा कार्यरत रहेको श्रोतले बताएको छ । उनी बिदामा घरमा आएका थिए । बस्यालकाका आफन्तले कुटपिट गर्ने जिसीलाई कारवाहीको माग गरेका छन् । कुटपिट भएका बस्यालको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।