तिलोत्तमामा अब वातावरणीय विज्ञानको अध्यापन हुने (भिडियो सहित)

प्रकाशित मिति:

पश्चिम नेपालको उत्कृष्ट  कलेजका रुपमा स्थापित तिलोत्तमा कलेजले यसै शैक्षिक शत्र देखि विएस्सी इन्भाइरन्मेट साइन्स विषय अध्यापन गर्न शुरु गर्ने भएको छ । पोखरा विश्व विद्यालयबाट संवन्धन लिएर स्नातक तहको इन्भाइरन्मेट साइन्सका कक्षा संचालन गर्न लागेको पत्रकार सम्मेलन गरी कलेज प्रशासनले जानकारी दिएको हो ।
कलेजका अध्यक्ष रामचन्द्र ढकालले पछिल्लो समयमा विकास निर्माणका कार्य गर्दा वातावरण विज्ञको आवश्यकतालाई मध्यनजर गरी यस प्रकारको विषय ल्याईएको बताउनुभयो । वातावरण मैत्री विकास निर्माणलाई व्यवहारिक बनाउन बिएस्सी इन्भाइरन्मेट साइन्सका विद्यार्थीले यो कार्यमा महत्वपूर्ण भूमिका खेल्ने हुंदा यसको ठूलो स्कोप रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा कलेजका प्राचार्य आर सि आचार्यले कलेजले संचालन गर्ने वातावरण विज्ञान विषय प्रयोगात्मक तथा व्यवहारिक भएको बताउनुभयो । उपतयका बाहिर पहिलो पटक तिलोत्तमाले यो विषय शुरु गर्न लागेको वहांले जानकारी दिनुभयो ।
वातावरण विज्ञान अध्ययनका लागि प्लस टु मा कम्तिमा सी ग्रेड ल्याइ विज्ञान संकाय उत्तीर्ण गरेको हुनुपर्ने आचार्यले जानाकारी दिनुभयो । उहाले ४८ जनाको कोटा रहेको चार वर्षै स्नातक तह वातावरण विज्ञान सेमेष्टर प्रणालीमा संचालन हुने बताउनुभयो । ५ जनाका लागि छात्रवृति निर्धारण गरिएको स्नातक कार्यक्रममा कलेजमा ४३ जना विद्यार्थीको भर्नाका लागि प्रवेश परिक्षा हुनेछ ।यो विषय अध्यापनका लागि उक्त विषयमा विज्ञता हांसिल गरेका यस क्षेत्र तथा बाहिरबाट समेत शिक्षक ल्याइ उत्कृष्ट नतिजा दिने प्राचार्य आचार्यको भनाई छ ।
यस क्षेत्रकै उत्कृष्ट नतिजा दिन सफल तिलोत्तमामा हाल ६७ जना शिक्षक तथा कर्मचारी र लगभग दुइ हजार विदार्थीहरु अध्ययनरत छन् । प्लस टुको हालै प्रकाशित नतिजामा तिलोत्तमा नारायणी पश्चिममा उत्कृष्ट बन्न सफल भएको छ ।