नेपाल शिक्षक महासंघ,कञ्चनको प्रथम परिषद सपन्न

प्रकाशित मिति:

कञन नेपाल शिक्षक महासंघ,कञ्चन गाउँ कार्य समितिको प्रथम गाउपरिषद कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष गोमा तरामु मगरको विशिष्ट आतिथ्यतामा हिजो सम्पन्न भएको छ ।

परिषदमा महासंघले स्थानिय,जिल्लास्तरिय तथा राष्ट्रिय स्तरमा उठाएका र संचालन गरेका गतिबिधिहरुको बारेमा जानकारी गराउनुको साथै आर्थिक बर्ष २०७४र०७५ मा भएको आय ब्यय सार्बजनिक गरेकोछ भने महासंघले शैक्षिक क्षेत्रमा देखिएका बिबिध बिषयहरुमा गाउपालिकालाइ बुझाएको स्मरण पत्रको कार्यान्वयन पक्षको बारेमा बिस्तृत छलफल समेत गरेको छ।महासंघले गत बैशाख २५ गते कञ्चन गाउपालिकाले शैक्षिक सुधारका लागि गरेका प्रयासहरुलाई कार्यान्वयन गर्न गराउन एक्यबद्दता जनाउदै गाउपालिका समक्ष विभिन्न मागहरु सहित स्मरण पत्र बुझाएको थियो।

स्मरण पत्रमा भनिएको छ शिक्षक सरुवा गर्दा प्रचलित शिक्षा नियमावलीको परिधी भित्र रही शिक्षक र बिधालयको सहमति लिएर गरिनु पर्ने,स्थायी,अस्थायी र राहत शिक्षकहरुलाई राज्यको तर्फबाट पोसाक भत्ता दिए सरह बिधालयमा कार्यरत निजी श्रोत शिक्षक, कर्मचारी र बाल बिकासका शिक्षिकालाई पेशाक भत्ता तथा महंगी उपलब्ध गराउनु पर्ने,बिधालयहरुको प्रधानाध्यापक बैठकको यातायात खर्च गाउपालिकाले नै उपलब्ध गराउनु पर्ने,प्रत्येक बिधालयहरुमा क्ष्ऋत् का लागि अनिवार्य नेट जडान गरिदिन,राहत शिक्षकहराई स्थायी प्रकृयामा लैजानका लागि केन्द्र संग पहल गर्न लगायतका १५ बुदे माग सहित स्मरण पत्र गाउपालिकामा बुझाएको थियो।कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले महासंघले कञ्चनको शैक्षिक स्तरलाई सुधारका लागि उठाएका बिषयहरुमा सकारात्मक भएको र महत्वपुर्ण मागहरुका बारेमा महासंघ र गाउपालिकाको आपसी छलफलबाट समाधान गर्न सकिने बताउदै आ आफ्नो बिधालयको पठन पाठनलाई प्रतिस्पर्धात्मक बनाउन आग्रह गर्नु भएको छ।विशिष्ट अतिथि तथा उपाध्यक्ष गोमा तरामुले कञ्चन गाउपालिकाको शैक्षिक सुधार र गुणस्तरियताको लागि प्रधानाध्यापकहरुको नेतृत्वमा शिक्षक,बिधार्थी र अभिभावकको सम्बन्धलाई मजबुत बनाउनु पर्ने बताउनु भएकोछ।यस्तै कञ्चन गाउपालिका वार्ड नं।५ का वडा अध्यक्ष तथा शिक्षा संयोजक कृष्ण प्रसाद अधिकारीले आफु शिक्षण पेसाबाट आएको र बिधालय र शिक्षकहरुको समस्याको बारेमा नजिकबाट परिचित भएको भन्दै बिधालय सुधारका लागि बिस्तृत गुरुयोजना बनाएर अघि बढ्नु पर्ने बताउनु भएकोछ।नेपाल शिक्षक महासंघ,कञ्चन गाउपालिकाका अध्यक्ष मेघनाथ शर्माको अध्यक्षतामा भएको परिषदमा महासंघका उपध्यक्ष भुवन कुमार गौतमले स्वागत गर्नु भएको थियो भने सचिब जिबराज पौडेलले संचालन गर्नु भएको थियो। परिषद लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालयमा भएको थियो।