जागरण कार्यक्रमका लागि स्याङ्जा काँग्रेसले स्थानीय तहमा प्रतिनिधि खटायो

प्रकाशित मिति:

स्याङ्जा -प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गत वुधवारवाट देशभर एकैसाथ एक महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेको छ । नेपाली काँग्रेस स्याङ्जाले पनि औपचारिक उद्घाटन सकेर स्थानीय तहमा अभियानलाई प्रभावकारी ढंगवाट सन्चालन गर्न आज जिल्ला कार्य समितीको वैठकवाट जिल्लाका ११ ओटै तहमा एक जना संयोजक सहित तिन जना प्रतिनिधि खटाएको छ ।

आँधीखोला गाउपालिकामा प्रेमराज पौडेलको संयोजकत्वमा प्रेमराज पौडेल र लेखमाया पौडेल, फेदिखोला गाउपालिकामा गोविन्द रानाभाटको संयोजकत्वमा देवेन्द्र गुरुङ र रेखा थापा, अर्जुनचौपारी गाउपालिकामा देवी अर्यालको संयोजकत्वमा श्याम अर्याल र भगवती अर्याल, हरिनास गाउपालिकामा तुलसीराम रेग्मीको संयोजकत्वमा पृथ्वीप्रसाद पोखरेल र बिरुवा गाँउपालिकामा मेघबहादुर खड्काको संयोजकत्वमा चन्द्रकान्त पोखरेल र लक्ष्मी केसी र कालीगण्डकी गाउपालिकालाई माया रानाको संयोजकत्वमा बिष्णु पौडेल र तुलसा पाण्डेलाई तोकिएको छ ।

यसैगरी, पुतलीबजार नगरपालिकामा संविधान सभा सदस्य राजु थापाको संयोजकत्वमा तुलसी गिरी र हिरादेवी शर्मा, भीरकोट नगरपालिकामा गोबिन्दकुमार कर्माचार्यको संयोजकत्वमा नसिवद्धिन मिया र अर्जुन खनाल, वालिङ् नगरपालिकामा पूर्व सभापती खगेन्द्रराज रेग्मीको संयोजकत्वमा यामबहादुर गुरुङ र बसन्त विक, चापाकोट नगरपालिकामा श्याम बस्यालको संयोजकत्वमा महेन्द्र श्रेष्ठ र विक्रम सारु, गल्याङ् नगरपालिकामा पूर्व संविधान सभा सदस्य मोहन पाण्डेको संयोजकत्वमा गुरु भट्टराई र बुद्धिसागर भण्डारीलाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस स्याङजाका प्रवक्ता इन्द्रवहादुर गोदारले जानकारी दिए । जागरण अभियानको प्रचार प्रसारका लागि प्रवक्ता गोदारको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । उक्त समितीको सदस्यहरुमा पृथ्वीप्रसाद पोखरेल, चन्द्रकान्त पोखरेल, ओमप्रकाश शर्मा, प्रकाश डोटेल, प्रदीप कोइराला, श्रीकृष्ण सिग्देल, भवानी अधिकारी, टिकाराम अधिकारी रहेका छन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले एक महिने जागरण अभियानको गत २५ गते पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा औपचारिक शुभारम्भ गरेका थिए । जागरण अभियान प्रत्येक तहमा तोकिएका प्रतिनिधीले बर्तमान सरकारका क्रियाकलाप लगायत नेपाली कांग्रेसका भावी रणनीती र कार्ययोजनाका बारेमा समेत छलफल, सदस्यता वितरण, प्रशिक्षण एवं अन्तरक्रिया गरिने भएको नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती कुमार रानाले जानकारी दिए ।