एनआरएनए अमेरिकाका मतदाताहरूलाई संजय थापाको सन्देश सहित मतदानको लागि हार्दिक अपिल

प्रकाशित मिति:

आदरणीय दाजुभाइ दिदी बहिनीहरु हार्दिक अभिवादन ।समग्र नेपाली एउटै परिवार, एक अर्काको सुख दुखमा साथ सदाबहार” भन्ने हाम्रो परिचय हो , हामी सबैको त्यही साझा परिचय कै निरन्तरता स्वरूप हामी समग्रतामा सदैव एकिकृत भएर रहन खोज्ने गर्छौ । तर केहि व्यक्ती वा समुहको स्वार्थले गर्दा हामी अक्सर बिभाजित हुने, सानो सानो झुण्डमा आवद्ध हुने अवस्थाबाट गुज्रिदै आएका छौ ।

यस्तो अनुचित, अनपेक्षित बिभाजनले हाम्रो साझा मुद्दाहरु कमजोर हुने, हाम्रा आवाजहरु हुनु पर्ने जती सुनुवाई नहुने, हाम्रा नैसर्गिक अधिकारहरु समेत संरक्षित नहुने खतराबाट हामी गुज्री रहेका छौ । अब यस अवस्थाको अन्त्य हुनुपर्छ, अब बिभाजनको पिडादायी सत्यतालाइ बदल्दै व्यापक भावनात्मक एकताको नया मार्गमा अगाडी बढनु पर्छ र प्रवासमा त्यसको सुरुवात मात्रै नभएर अगुवाई हामी सबै प्रवासी नेपालीहरुको साझा सँस्था एनआरएनले गर्नु पर्छ । यहाँहरु सबैलाइ थाहा छ अमेरिकामा रहेका हामीहरु अब छिट्टै एनआरएन अमेरिकाको नेतृत्व छनोटको चरणमा छौ । यसको नेतृत्वको दौरानमा म स्वयं पनि प्रतिस्पर्धा गरिरहेको छु ।

अमेरिकामा रहेका नेपालीहरुको एकतावद्ध भएर सामुहिक ढंगले अगाडी बढ्ने त्यही एकीकृत सोच नै मेरो बिजयको आधार हो, किनकी म सदैव एकता, सामुहिकता र सहकार्यमा विश्वास गर्दै त्यही कुराहरुको बहस र अभ्यास गर्दै आएको छु ।अहिले मैदानमा अध्यक्षका प्रतिस्पर्धीको रुपमा रहदा अनुभव र नेतृत्व क्षमताले पनि म आफु अब्बल रहेको विषयमा सायद कसैले पनि वहस गर्नु हुन्न होला । यहाँ रहेका नेपालीहरुको सहयोगार्थ एनआरएन अमेरिकाले संचालन गरेको हेल्प डेस्क होस वा नेपालमा नागरिकता ऐन बन्दै गर्दा हाम्रा अधिकारहरुको संरक्षण मात्रै नभएर त्यसमा सुविचारित प्रावधानहरु राख्न मैले नेपाल मै गएर खेलेको भुमिका र एन आर एन अमेरिकाको विधान कमिटीको सदस्य मात्रै नभएर मेरो सिंगो जीवन नै समाजको हितमा लागेको तथ्य खुल्ला किताव झै छ । मलाइ विश्वास छ मैले हाल सम्म गरको योगदान र मेरो व्यक्तित्वसंग जोडिएको मेरो अनुभव र योग्यताको आधारमा यहाँहरुको माया, साथ र सहयोगको हकदार मै हुनेछु । विजय पश्चात पनि सदा झै इमान्दारिता, उच्च नैतिकता प्रदर्शन गर्दै समुहिकतामा एनआरएनलाइ यहाँहरुले खोजे जस्तो बनाउने छु ।