आज गंगासप्तमी, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ वैशाख २८ गते

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको २८ गते शनिबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको सप्तमी तिथि बेलुका ७।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । तिष्या नक्षत्र दिवा १।६ बजेसम्म रहनेछ । आज गण्ड योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२० मा छ भने सूर्यास्त बेलुका ६।४२ बजे हुनेछ ।

चन्द्रमा आज कर्कट राशिमा छन् । आज गंगाप्तमी तिथि हो । वैशाख शुक्ल सप्तमीमा गंगाको उत्पत्ति भएको हो । गंगा भनेकी पवित्र नदी हुन् जो हिमालय पर्वतबाट वहने गर्दछिन् । जसको स्मरण गर्नालेृ मात्र पनि पवित्रता मिल्छ भन्ने धर्मशास्त्रीय मान्यता रहेको छ । यसैगरी आज शनिबार, शिवजीको उपासना शुभ रहनेछ ।

आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको २८ गते शनिबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको सप्तमी तिथि बेलुका ७।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । तिष्या नक्षत्र दिवा १।६ बजेसम्म रहनेछ । आज गण्ड योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२० मा छ भने सूर्यास्त बेलुका ६।४२ बजे हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५