प्रधानमन्त्री ओलीले संसद्‌को मर्यादा राख्न नसक्नु लज्जास्पद : नेता सिंह

२८ बैशाख २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर १ मा शनिवार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकारका गतिविधिले संसदीय व्यवस्थामा आँच पुगेको बताएका हुन् ।

सरकारले काम केही नगरी समृद्धिको नारा लगाएर मात्र बसेकाे उल्लेख गर्दै सुशासन दिन नसकेकाे उनले आरोप लगाए । नेता सिंहले विकास बजेट खर्च गर्न नसकेका कारण सरकार संघीयता असफल बनाउन उद्धत रहेको आरोप समेत लगाए ।

नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी कांग्रेस रहेकाे जिकिर गरे । अहिलेको सरकारमा रहेका दलहरू मुलुकमा द्वन्द्वमार्फत सत्तामा पुगेकाे उदाहरण दिँदै माओवादी, एमाले जस्तो हिंसात्मक बाटोबाट स्थापित भएको पार्टी कांग्रेस नभएको विचार व्यक्त गरे । उनले आफूहरू जस्तोसुकै भए पनि जनमतकाे सम्मान गर्ने बताए । नेकपाको दुईतिहाइ सरकार भएको भएपनि देशले राहत नपाउने उनले ठोकुवा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया