सिरहाको धनगढीमाईमा बेवारिसे शव फेला

प्रकाशित मिति:

महेशसिंह महतो / सिरहा – सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नमबर १ स्थित बाखरगाउँ नजिक रहेको सपेत घारीमा एक बेबासिरे शव फेला परेको स्थानीयबासीले बताएका छन । नाम, ठेगाना नखुलेको अन्दाजी ६० वर्षको पुरुष तराई मूलको देखिने उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

मृतक व्यत्तिको सनाखत हुन सकेको छैन । मृतकको हुलिया उचाई ५ फिट ५ ईञ्च, कपाल अर्ध फुलेको मोटो शरीर अन्दाजी ८५ किलो खैरो स्वेटर खैरो कमिज गम्छा लगाएको र शव पोष्टमार्डमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतकको कुनै आफन्त खोज तास गर्न नआएको ईलाका प्रहरी कार्यालय लहानमा प्रहरी निरीक्षक विजय यादवले जानकारी दिएका छन ।