१ लाख अमेरिकी डलरसहित भरतीय महिला पक्राउ

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंबाट भारतको मुम्बइ जान लागेकी एक भारतीय महिलाको साथबाट विमानस्थल प्रहरीले १ लाख अमेरिकी डलर बरामद गरेको छ। शनिबार नेपाल एयरलाइन्सबाट मुम्बइ जान लागेकी ४४ वर्षकी बन्दना धनश्याम सोनीको साथबाट १ लाख अमेरिकी डलर बरामद गरिएको विमानस्थल प्रहरीका एसएसपी सन्दीप भण्डारीले जानकारी दिए।

लुकाइ छिपाइ लैजान लागेको अवस्थामा चेक गर्दा सो डलर बरामद भएको उनले बताए। सोनीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा प्रहरीले बुझाएको छ। विमानस्थल प्रमुख भएर गएपछि एसएसपी भण्डारीले अवैध डलर तस्कर, सुन तस्करमाथी कडा निगरानी राखेका छन् ।