१४५ सम्बन्धविच्छेदका मुद्दा

२८ बैशाख २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
25 Shares


लमजुङ – नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ । विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । मुद्दामध्ये ४२ पुरुष दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको र ३० मुद्दा बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा देवानी लागू हुनुअघि एक÷दुई पुरुषको आउने गरेकामा नयाँ कानूनसँगै पुरुषले पनि महिलाले जस्तै गरी सम्बन्धविच्छेदको मुद्दा दिन थालेका छन् । त्यस्तै देवानी संहिता ऐन, २०७४ लागू भएपछि वैशाख २७ गतेसम्म महिलाले १०३ सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् । सोमध्ये ७८ सम्बन्धविच्छेदका मुद्दा फछ्र्यौट भई मिलापत्र गरिएको र २५ बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत भण्डारीले बताउनुभयो । महिला र पुरुष गरी १४५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५५ मुद्दाको छिनोफानो हुन बाँकी छ ।

बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीजस्ता कारणले सम्बन्धपिवछेदका घटना बढ्दै गएको जिल्ला अदालतले जनाएको छ । विसं २०७२÷७३ मा सम्बन्धविच्छेदका मुद्दा ११६ परेको थियो । त्यस्तै २०७३÷७४ मा १०८, २०७४÷७५ मा १५१ र २०७५÷७६ को नयाँ कानून लागू नभएको मितिसम्म १९ महिलाद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत लमजुङले जनाएको छ । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भारतमा नागरिकता कानून विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु
  • सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो, ६…
  • कञ्चन खोलामा फेरी अर्को पुल बन्ने, प्रदेश सांसद भुमिश्वर ढकालद्धारा…
  • अमेरिकाले खुलायो कामदार भिजा, यसरी भर्नुहोस् आवेदन
  • सिन्धुपाल्चोक दुर्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर…
  • आजै जान्नुहोस् : यस्तो हुनुपर्ने रहेछ आमा छोरीको सम्बन्ध
  • ‘देवीनगरमा हुन लागेको औद्योगिक व्यापार मेला वडाकै लागि गौरवको विषय’
  • कांग्रेस युवा नेता गगन थापा पौष १ गते कपिलवस्तु आउने
  • बुटवल नयागाउँमा सुबिधासम्पन्न होटल ‘टुकी’ सञ्चालनमा
  • नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सैनामैनाका बिमल ज्ञवालीको उम्मेदवारी