दुई देशका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर
भारतले नेपाललाई रेलका दुई वटा डिब्बा दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपालको रेलवे र भारतीय कम्पनीबीच यो सम्झौता भएको हो । सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीको उपस्थितिमा कोंकोण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अनुसार भारतले १६०० हर्षपावरका दुई वटा रेलका डिब्बा दिने छ । यी डिब्बा नेपालको कुर्था र भारतको जयनगरबीच चल्नेछन् । जसमा एक ड्राइभिङ पावर कार, तीन ड्राइभिङ टेलर कार -एउटा एयर कन्डिसनयुक्त) र आधुनिक प्रविधियुक्त रहने छन् । यो डिब्बाको सेट तमिलनाडुको चेन्नाईस्थित इन्टि्रग्रेटेड कोच फ्याक्ट्रीमा निर्माण हुनेछन् । नेपाल-भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा ३४ किलोमिटर लामो जयनगर-कुर्था रेलवे निर्माण गरिएको छ ।