सुत्नु अघि अनिवार्य यस्ता क्रियाकलाप गर्नुहोस धनबर्षा हुने छ

प्रकाशित मिति:

जोतिषशास्त्र अनुसार, रातको लागि केहि यस्तो काम बताइएको छ जसलाइ पालना गरे फलिफाप हुन्छ । यी काम र नियमलाई अपनाउनाले घरमा सदैव लक्ष्मीको कृपा बनिरहन्छ । सुत्नुभन्दा पहिला यस्ता काम गर्नुहोस्ः राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ । पूजा घर वा देव स्थानमा राती दियो बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो आउनाले स्वास्थ्य समेत ठीक रहन्छ ।

सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् । यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।सयन कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ । घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस् । यसो गर्नाले परिवारमा राम्रो वातावरण बन्छ । –एजेन्सीको सहयोगमा यो पनि पध्नु होसव:-कतारको जेलमा थुनिएका बिनोद रानाभाटको उद्धारको लागि सहयोग अपिल, सक्दो शेयर गरि सहयोगी सम्म पुर्याउ :-कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान गरिएको छ ।बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएको छ ।

रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले सवैले सहयोग गरिदिन भरतपुरको चौबिसकोठीमा पत्रकार सम्मेलन गरि परिवारले आग्रह गरेको छ । रानाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरिसकिएको छ ।

त्यसैगरि सहयोग गर्न चाहने ईच्छुकले कृषि विकास बैंक लि. माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं. ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गरि सहयोग गर्न सक्ने बिनोद रानाभाटका बुवा ढाकामोहन रानाभाटले जानकारी दिए । सहयोग गर्न ईच्छुकहरुले नेपाल भरिको कृषि विकास बैंक लि.बाट रकम जम्मा गर्न सक्नेछन् । त्यसैगरि सहयोगका लागी मोबाईल नं. ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा पनि सम्पर्क गर्न सकिने समितीले जनाएको छ ।

रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उन लाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाएको छ ।