सडक सुरक्षा : सबैको सरोकार

प्रकाशित मिति:

बुटवल –  सडक सुरक्षामा सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्ने एक अन्तरक्रियामा औल्याएको छ । संयुक्त राष्ट्रसघको आयोजना युनडिपिको सहजीकरणमा बुटवल उपमहानगरपालिका, ट्राफिक कार्यालय प्रदेश न ५, बुटवल जेसीजको सहकार्यमा सडक सुरक्षा सम्बन्धि सरोकारवालाहरुसगको अन्तरक्रिया कार्यक्रम बोल्दै बुटवलका मेयर शिव सुवेदीले सडक निर्माणकर्ता, सवारी चालक, सन्चालक, यात्रु, सबै जिम्मेवार भए सडक सुरक्षित हुने बताए । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले सबैले आफैले आफैसग प्रतिबद्धता गरे समस्या सुल्झिने बताए। प्रहरी निरक्षक गगा सारुले सबैले समन्वय गर्नसके दुर्घटना कम हुने बताए । युनडिपि प्रदेश न ५ का फिल्ड अफिस प्रमुख सुदिप अर्यालले बिस्वाप्यापी रुपमा मे ५ देखि १२ सम्म सडक सुरक्षा सप्ताह आयोजना गरिएअनुसार बुटवलमा सडक सुरक्षा कायमका लागि कार्यक्रम गरिएको बताए ।

यातायात ब्यवस्था कार्यालय बुटवलका प्रमुख रमेश गौतमले लाइसेन्सलाई थप ब्यवस्थित र कडाइका साथ अगाडि बढाइएको जानकारी दिए। बुटवल बेलैया सडकका इन्जिनियर अरुण खत्रीले सडकलाइ ब्यवस्थित गर्न सेफ्टी अडिट भैराखेको बताए । सुरक्षित यात्रा अभियान नेपालका दिनेस पाण्डेले फुटपाथ यात्रुको अधिकारको लागि आफुहरु अदालत जाने बताए । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले प्रत्येक मानव मात्र होइन, प्राणी जुनसुकै हिसावले सुरक्षित हुनुपर्ने र अकालमा मर्न नपर्नेको बाताबरण बनाउनुपर्ने बताए । पत्रकार महासघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले मिडियाका कारण दुर्घटनाबाट वच्न आम नागरिकमा चेतना आएको बताइन। पश्चिमाञ्चल बस व्यावसायि संघका सचीव रामचन्द्र भुसालले पाठ्यक्रम मै ट्राफिक शिक्षा राख्नुपर्ने बताए । सुरक्षीत यात्रा नेपालका केन्द्रीय अध्यक्ष कृष्ण बेल्वासेले प्रत्येक जेब्रा क्रसिङ्ग्मा ट्राफिक राख्नुपर्ने औल्याए । निलहिरा समाज रुपन्देहीका अध्यक्ष यानिक रानाले तेस्रो लिङ्गीलाई यात्रा गर्दा हिंसा भएको बताइन ।

कार्यक्रममा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका प्रमुख बाबुराम पाण्डे, यातायात ब्यवस्था कार्यालय मणिग्रामका प्रमुखको मुक्ति प्रसाद पाण्डे, बुटवल लेडि जेसीजका अध्यक्ष लक्ष्मी थापा, निर्माण ब्यावसायी रुपन्देहीका सचीव ज्ञानु पुन, टिप्पर ब्यावसायी रुपन्देहीका महासचिव तोया लम्साल, मझौला व्यावसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्री, इरिक्सा चालक संघका अध्यक्ष लालमणी भण्डारी, ट्याक्सी ब्यावसायी संघका अध्यक्ष बिष्णु काफ्ले एवम् सहभागी विभिन्न कलेजका विद्यार्थीहरु लगायतले बोलेका थिए । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेको सभापतित्व, कार्यक्रम सम्योजक अर्जुन ज्ञवालीको स्वागत, महासचिव राजिव गौतमको संचालन र चन्द्रकान्त डुम्रेको आस्थापाठ गरेको कार्यक्रममा सहजीकरण जेसीज सदस्य एवम् दैनिक पत्रका कार्यकारी सम्पादक सिपि खनालले गरेका थिए ।