काठमाडौं वसोवास गर्ने भीरकोटवासी एकजुट हुदै , भीरकोटको बिकासमा जुट्ने प्रतिवद्धता ।

प्रकाशित मिति:

चुत्र बहादुर महत /काठमाण्डौं –  भीरकोट नगरपालिकामा जन्मथलो भई काठमाडौं वसोवास गर्दै आईरहेका व्यक्तीहरुको भेला तथा अन्तक्रिया सम्पन्न भएकोछ । भेलाका सहभागीहरुले भीरकोटको समग्र बिकासका लागि आफूहरु जुट्ने प्रतिवद्धता समेत जनाएकाछन् । कार्यक्रममा बोल्दै विशेष अदालत काठमाण्डौंका अध्यक्ष वावुराम रेग्मीले समग्र भीरकोटको बिकासका लागि सवै एकजुट हुन जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो जन्मथलोको समग्र बिकासका लागि आफूहरु सक्रिय हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले आफूहरु नगरपालिकाको बिकासको लागि निरन्तर खटिरहेको भन्दै सवैलाई भीरकोटमा उद्योग तथा शिपमुलक गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले समन्वय र सहकार्यमा काम गर्न आफू ईच्छुक रहेको भन्दै सम्भावनाको खाजीको आधारमा योजना निमार्णमा आफूहरु लागि रहेको जानकारी दिनुभयो । कार्यक्रममा भीरकोट नगरपालिकाका उपप्रमुख सिमा क्षेत्रीले सवैको सहकार्यले मात्रै संमृद्ध भीरकोट बन्न सक्ने स्पष्ट पार्नुभयो ।

भेलामा बरिष्ठ अधिवक्ता ख्याम नारायण ढुङ्गानाले आफ्नो गाँउका लागि काम गर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका उपनेता मेखलाल श्रेष्ठले प्रदेशसभा मार्फत पनि भीरकोटको बिकास लागि प्रयास गरिरहेको जानकारी दिनुभयो । पूर्व प्रमुख जिल्ला अधिकारी ईश्वरराज रेग्मी, पूर्व एसएसपी गुप्त वहादुर श्रेष्ठ, पूर्व उपसचिव खड्क बहादुर गुरुङ, कृष्ण रेग्मी, वडा अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसी वडा अध्यक्षहरु कमल त्रिपाठी र लक्ष्मण अधिकारी लगायतले बोलेका थिए । भेलाको बारेमा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी गराउनु भएको थियो भने भेलाको सञ्चालन हुम बहाद्ुर खत्रीले गर्नु भएको थियो ।