जनपत्रकार संगठनका अध्यक्ष डुम्रे भन्छन् ,यो, उ नभनी सबै पत्रकारहरु आन्दोलनमा जानुको विकल्प छैन् !

प्रकाशित मिति:

काठमाडौ –  जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको फिर्ताको लागि यो र उ नभनी सबै पत्रकारहरु अान्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् ।  रिपोर्टस क्लबले काठमाडौंमा अायोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले विधेयक फिर्ता गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई अनुरोध समेत गरेका छन् ।

दिनप्रतिदिन पत्रकारहरुको धरपकड र गिरफ्तारी प्रति कडा अाक्रोस समेत पोख्दै डुम्रेले सरकारले सविधान प्रदत्त अधिकार खोसेर पत्रकार तथा नागरिक माथि घेराबन्दी गर्न खोज्नु दुखद भएको बताए । मन्त्री परिषद्बाट पारित भएर संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधानप्रति देशभरका पत्रकारहरु अान्दोलनमा उत्रिनु पर्ने भन्दै उनले पत्रकारले ढुक्क संग कलम चलाउन नपाउनु यो कस्तो लोकतन्त्र हो भन्दै प्रतिप्रश्न गरेका थिए ।

कार्यक्रम अध्यक्ष डुम्रेले पत्रकारहरु रेडियोको स्टुडियो,पत्रिकाको कार्यलय,रिपोर्टिङ स्थल बाट गिरफ्तारी गरी राजद्रोह र संगठित अपराधको मुद्दा लगाउनुले लोकतान्त्रिक व्यवस्थाको भद्दा मजाक भएको जिकिर गरे । उनलेे पत्रकारहरु कसरी कलम चलाएका छन्,कसरी दैनिकी गुजारा चलाएका छन् त्यो प्रति सरकार गम्भीर नबनेर उल्टो विभिन्न एेन नियम बनाएर प्रेस जगतको घाटि निमोठ्न खोज्नुले पञ्चायतकालको स्मरण गराएको बताए । उनले पत्रकारहरु न्युनतम पारीश्रामिक समेत नपाएर पेशाबाटै हात धुनुपर्ने अवस्थामा उल्टो प्रेस विरोधी विधेयक ल्याएर समग्र पत्रकारितालाई