ग्राण्डि ईन्टरनेशनल हस्पिटल काठमाण्डौंको प्राविधिक सहयोगमा सन्चालीत सीवीरमा स्तन क्यान्सर परिक्षण

प्रकाशित मिति:

बुटवल । लायन्स क्लब अफ बुटवल, लायनेस क्लब अफ बुटवल तथा लियो क्लब अफ बुटवलको संयुक्त आयोजना तथा लायनेस क्लब अफ बुटवलको प्रमुख संयोजकत्वमा आज  बुटवलमा स्तन क्यान्सर परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  बुटवल उपमहानगरपालिकाको वडा नम्वर २ स्थित बुटवल लायन्स आँखा अस्पतालमा भएको शिबिरमा  १ सय ८२ जना महिलाहरुले स्तन क्यान्सर परिक्षण गराएको कार्यक्रम संयोजक विनु जोशीले जानकारी दिनु भयो । परीक्षणका क्रममा २६ जनाको अल्ट्रासाउण्ड गरिएको र ४ जनामा जटिल समस्या देखिएकोमा थप उपचार गराउन सुझाव दिइएको डा. साधुराम पाण्डेले बताउनु भयो । डा. पाण्डेले परीक्षण सहित स्तन क्यान्सर सम्बन्धि जनचेतनामूलक जानकारी समेत दिनु भएको थियो ।

ग्राण्डि ईन्टरनेशनल हस्पिटल काठमाण्डौंको प्राविधिक सहयोगमा शिबिर आयोजना गरीएको थियो । लायनेस क्लब अफ बुटवलकी अध्यक्ष लायनेस स्वेता श्रेष्ठको सभापतित्व,लायनेस मेनुका श्रेष्ठको सञ्चालनमा भएको सचेतनामूलक कार्यक्रममा  डिष्ट्रिक अनररी एडभाईजर जिवन प्रसाद वझा, सिनियर डिष्ट्रिक एडभाईजर अर्जुन मान सैंजू  ग्राण्डी ईन्टरनेशनल अस्पतालका Consultant, General Surgeon, Gastro Intestinal & Breast Surgeon Dr Sadhuram Pandey ज्यू, Gynecologist Dr Asmita Ghimire, Radiologist Dr Amit Shrestha, Dr. Mamta Karki को विशिष्ट आतिथ्यता, रजिष्टार नर्स ग्रीष्मा बस्याल, स्टाफ नर्स अस्मिता श्रेष्ठ, ग्राण्डि ईन्टरनेशनल अस्पतालका मार्केटिङ्ग हेड दिनेश पौडेल, एरिया चिफ पुरुषोत्तम प्रधानाङ्ग, बुटवल लायन्स आँखा अस्पतालका सभापति रामेश्वर श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका अध्यक्ष सुनिल कृष्ण श्रेष्ठ, लियो क्लब अफ बुटवलका अध्यक्ष मनोज कुमार श्रेष्ठ लगायत लायन्स, लायनेस तथा लियो क्लब अफ बुटवलका पूर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।