पश्चिमाञ्चल ट्रक समिति अध्यक्षमा पाण्डे ,अधिकांश पदमा कांग्रेस निकट व्यवसायी विजयी

प्रकाशित मिति:

बुटवल,२९ बैसाख । पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समितिको अध्यक्षमा यम प्रसाद पाण्डे निर्वाचित भएका छन् ।  तीन वर्षे कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा हरि प्रसाद कंडेललाई एक सय ७ मत अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । पाण्डेले ४ सय २८ मत पाउंदा कंडेलले ३२१ मत प्राप्त गरेका थिए । नयां नेतृत्वका लागि व्यवसायीहरुले दुई छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए । पाण्डे सत्तारुढ नेकपा निकट हुन् भने कंडेल कांग्रेस निकट । अध्यक्ष,एक उपाध्यक्ष र दुई सदस्य वाहेक अधिकांश पदाधिकारी र सदस्यमा कांग्रेस निकटका उम्मेदवारहरु बिजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा प्रतापबहादुर कार्की विजयी भएका छन् । कार्कीले ३९२ मत ल्याएर विजयी हुंदा प्रतिस्पर्धी कमल घिमिरेले ३५६ मत पाएका छन् । खुल्ला उपाध्यक्षमा सिद्धार्थ उदय विजयी भएका छन् । उनले पाण्डे प्यानलका युवराज पन्तलाई पराजित गरेका छन् ।

कपिलवस्तु अर्घाखाची रुट उपाध्यक्षमा गणेश घिमिरे विजयी भएका छन् । घिमिरेले ४१४ मत ल्याउंदा प्रतिस्पर्धी चेत बहादुर थापा (अमर) ले ३३८ मत ल्याएका छन् । गुल्मी÷पाल्पा÷स्याङजा उपाध्यक्षमा खुम बहादुर बि.सी (गोविन्द) ३९३ मत पाएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी निरज के.सी.ले ३५१ मत पाएका छन् । बीसी पाण्डे प्यानलका हुन् । कोषाध्यक्षमा हरिप्रसाद रिमाल निर्वाचित भएका छन् । रिमालले ४ सय ४१ मत पाउंदा प्रतिस्पर्धी उम्मेदवार गेहेन्द्र राज न्यौपानेले ३०७ मत पाएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा कांग्रेस निकटकै कृष्ण ठकुरी, लक्ष्मण गैरे, कृष्णबहादुर केसी,ओमकान्त तिमिल्सीना, तिलकप्रसाद काफ्ले, देबेन्द्र बानियाँ, शोभाकान्त पाण्डे, नारायण प्रसाद रेग्मी निर्वाचित भएकाछन् । पाण्डे प्यानलबाट सदस्यमा गोपाल लम्साल र भोला खाँण निर्वाचित भएका छन् ।  महासचिवमा जितु भाट, सचिवमा वसन्त खड्का, रुपन्देही उपाध्यक्षमा अर्जुन कुमार भुसाल र डिल्लीराज रिजाल, नवलपरासी सेक्टर उपाध्यक्षमा खिमबहादुर थापा क्षेत्री,नवलपुर सेक्टर उपाध्यक्षमा पर्शुराम भण्डारी र काठमाडौ सेक्टर उपाध्यक्षमा रमेश कुमार फौज्दार निर्विरोध निर्वाचित भएका थिए । समितिमा एक हजार एक सय बढी मतदाता रहेकामा ७ सय ३१ मत खसेको थियो ।