मिडिया बिधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिन्छ : ओनसरी घर्ती

पार्टीको एकलौटी निर्णयले प्रदेश राजधानी घोषणा हुदैन

प्रकाशित मिति:

वैशाख ,बुटवल । पूर्व सभामुख ओनसरी घर्तीले कुनैपनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गरेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश ५ अध्यक्ष समेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् ।
उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै घर्तीले प्रदेश सभाका सदस्यहरुले जनताको राय लिएर मात्रै राजधानीको टुंगो लगाउने धारणा राखिन् ।  मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ ।
घर्तीले नेपालको साधन स्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयास स्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताइन् ।
‘शिक्षा, स्वास्थ्य ,रोजगारी पर्यटन लगायतका क्षेत्र समेटेका छौ ।, प्रतिपक्ष दलको हैसियतले आलोचना गर्नु स्वभाविक हो , उनले भनिन् ।
विगतमा लामो समयसम्म वेथिति अनियमिता भएकाले अहिले सरकारले त्यसको सुधारका लागि योजनावद्ध ढंगले काम गरिहरेको स्पष्ट पारिन् ।
बिपक्षीका कारण दिनप्रतिदिन सरकारको आलोचना बढेको भन्दै उनले तत्काल सरकारको नेतृत्व फेरबदल नहुने समेत प्रष्ट पारिन् ।
सरकारले ल्याएको मिडिया बिधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले मिडियामाथि अंकुश लगाउने सरकारको नियत नभएको धारणा राखिन् । उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै बिधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताइन् ।
निर्मला पन्तको हत्या प्रकरणमा सरकारले दोषि पत्ता लगाउन तत्काल तत्परता देखाउन नसकेको घर्तीको आरोप छ ।
यो घटनालाइ सरकारले सामान्य ढंगले हेरेकैले समस्या निम्तिएको उनको ठहर छ ।कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख रामकुमार क्षेत्रीले गरेका थिए ।