‘मेची–महाकालीका गुण्डा तह लगाईन्छ : प्रहरी

प्रकाशित मिति:

काठमाडौं । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले संयुक्त पत्रकार सम्मेलन गरेर अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । दुवै युनिटका प्रमुखले संयुक्त पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुल थापाले प्रहरीको शाखलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन्। काठमाडौं प्रहरी परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदी र प्रहरी वरिष्ठ उपरीक्षक थापाले अपराध महाशाखाको जिम्मेवारी केही दिनअघि सम्हालेका थिए। पत्रकार सम्मेलनमा परिसर प्रमुख एसएसपी सुवेदीले आफू कुनै पनि स्वार्थमा नपरी शान्ति सुरक्षा कायम गर्न प्रतिबद्द रहेको बताए।

नागरिक, बौद्धिक वर्ग र पत्रकारको सहयोग अपरिहार्य छु’ उनले भने, ‘हामी हरेक नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसर बाँकी राख्दैनौँ ।’ यस्तै अपराध महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक थापाले मेची–महाकालीसम्मका अपराधी एकजुट भएर अपराध गरिरहँदा प्रहरी पनि जुट्नु अपरिहार्य भएको बताए। दुवै प्रमुखले शान्ति सुरक्षा कायम गरी अमनचयन बनाइराख्‍न आफूहरु लाग्ने बताए ।