शेर वहादुर देउवाले भने मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथिको कू

पत्रकार सम्मेलन गरी सभापति देउवाले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको बताए

प्रकाशित मिति:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले कु गर्न खोजेको बताएका छन । आइतबार पत्रकार सम्मेलन गरी सभापति देउवाले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको बताए । उनले भने, ‘यो पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।

समाचार लेख्ने क्रममा पत्रकारबाट त्रुटी हुँदा हाल प्रेस काउन्सिलले विधि प्रक्रिया र आचारसंहिताको हेक्का गराउँदै आएको भन्दै कांग्रेसले नयाँ विधेयकमा सोजै जरिवाना तय गर्नु न्यायोचित र काउन्सिलको विश्वब्यापी स्थापित परम्परा विपरीत भएको बताएको छ । उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द भावना र मर्मको प्रतिकुल रहेको बताए । कांग्रेसले प्रेससम्बन्धी कुनै पनि कानून निर्माण गर्दा नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला संस्थाहरुसंग कुनै विमर्श नगर्नु गैर जिम्मेवार शैली मात्रै होइन अधिनायकवादी प्रवृत्ति भएको भन्दै विरोध जनाएको छ ।