अमेरिकी शक्तिशाली हतियार खाडीमा तैथान हुँदै

प्रकाशित मिति:

वासिंगटन, एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानसंग तनाव बढिरहेको बर्तमान परिप्रेक्ष्यमा मध्य पुर्वमा प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाएको छ । अमेरिकाले उक्त युएसएसअव्राहम लिन्कन स्ट्रइम गु्रप लगायत जल र थल दुवैमा चलाउन मिल्ने लडाकु सवारी साधन र विमानहरु सहितको युएसएस एलिंगटन नामक युद्धपोत पनि खाडी क्षेत्रमा तैनाथ गरेको छ । यसैबिच अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले कतार स्थित सैनिक अखडामा युएस बि–५२ बम बर्षक विमानहरु पुगिसकेको जानकारी शनिवार गराएको छ । अमेरिकाले सो क्षेत्रमा अहिले अमेरिका फौजमाथि कुनै पनि बेला इरानबाट आक्रमण हुनसक्ने खतरा रहेकाले यो कदम चालिएको बताएको छ ।

तर इरानले भने अमेरिकाको यस प्रकारको भनाई वाहियात भएको प्रतिक्रिया दिएको छ । बरु तेहरानले यसरी त्यहाा हातहतियार तैनाथ गर्नुको अर्थ ‘ मनोबैज्ञानिक युद्ध’ भएको जनाएको छ । हालै मात्र सन् २०१५ मा विशयका छ वटा शक्रि राष्ट्रसंग भएको आणविक सम्झौताका केहि बुँदा निलम्वन गरेका इरानका राष्ट्रपति रुहानी हुस्सेनले पुन यरेनियम प्रशोधन कार्य थालनी गर्ने चेतावनी समेत दिएका छन् । यस प्रति युरोपेली समुदायले भने गहिरो चिन्ता व्यक्त गरेको छ । गतवर्ष मात्र अमेरिकी राष्ट्रपतिले इरान सो आणविक सम्झौता प्रति इमानदार नरहेको आरोप लगाउँदै अमेरिका त्यसबाट अलगिने घोषणा गरेका थिए ।

सन् २०१५ मा इरानले आफ्नो आणविक कार्यक्र बन्द गरेको खण्डमा इरान माथि लगाइँदै आएको आर्थिक नाकावनिद कटौति गर्ने शर्तमा भएको समझौतामा अमेरिका लगायत चीन , वेलायत , रसिया ,फ्रान्स र जर्मनीले हस्ताक्षर गरेका थिए । अहिले पनि इरानको छिमेकी मुलुक इराकमा करिव ५ हजार २ सय अमेरिकी फौज तैनाथ छ । प्याट्रियट प्रणालीले व्यालेस्टिक क्षेप्यास्त्र , क्रुज क्षेप्यास्त्र र अत्याधुनिक लडाकु विमानलाई सजिलै खसाल्न सक्छ । अमेरिकाको सेनट्रल कमानडले युएसएस अव्राहम लिन्कानेले विहिवार स्वेज नहर पार गरेको जानकारी दिएको छ ।