अर्सा रोटी बनाउने तालिम गल्यामा शुरु

प्रकाशित मिति:

स्याङ्जा -अर्सा रोटी बनाउने तालिम गल्याङमा शुरु भएकोछ । गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा तीन दिने रोटी बनाउने तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै गल्याङ नगरपालिका उपप्रमुख देवीसरा थापा मगरले व्यवहारिक एवं शिपमुलक तालिम भएकाले लगनशिल भएर सिक्न सवैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डे,दीपक प्रसाद अधिकारी लगायतले बोलेका थिए । नगरपालिकाका सवै वडाका गरी ३५ जनाको सहभागिता रहेको तालिम संयोजक दल बहादुर सिंजालीले जानकारी दिनभयो । तालिममा आँधीखोले अर्सा रोटीका अभियान्ता शालिकराम गैह्रेले प्रशिक्षण दिनुहुने गल्याङ नगरपालिकाले जनाएको छ ।