अफगानिस्तानमा १३ जना लडाकू मारिए

२९ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकूको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा कान्दाहार प्रान्तको मरुफ जिल्लाको नदिर खान गाउँमा भिडन्त भएको जनाइएको छ । अफगानिस्तान प्रहरीतर्फ भएको क्षतिका बारेमा केही खुलाइएको छैन । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएका छैनन् ।  यसैबीच, उत्तरी बाघ्लान प्रान्तमा भएको एक अर्को भिडन्तमा दुई सुरक्षाकर्मीको ज्यान गएको छ । बाघ्लान प्रान्तका गुप्तचर निकायका उपनिर्देशक गफुर खानले सुरक्षाकर्मी चढेको सवारी साधनलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराइएको जानकारी दिनुभयो ।
राससरसिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट
  • घरेलु तथा साना उद्योग कार्यालयकोे टोलीद्वारा उद्योग संघमा आव उद्योगहरु…
  • बाढी पहीरोवाट भएको क्षती वारे कांग्रेस नेताहरु द्धारा निरीक्षण ।
  • बलिउडमा हंगामा : दीपिकाले स्विकारिन् ड्रग्स च्याटको कुरा