न्यूजील्यान्डमा भूकम्प गयो

२९ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
42 Shares


वेलिङ्टन, २९ बैशाख । न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५।७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४।०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन । दक्षिण प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित कर्माडेक द्वीप तथा न्यूजील्याण्ड भौगर्भिक दृष्टिबाट जोखिमयुक्त क्षेत्र मानिन्छ ।  रासस एएनआई

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस