अपराध नियन्त्रण्मा दुई कार्यालयले समन्वय गर्ने

प्रकाशित मिति:

काठमाडौं -काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले सुरक्षित काठमाडां बनाउन आपसी समन्यवमा काम गर्ने बताएका छन्। आइतबार दुई कार्यालका प्रमुखले संयुक्त पत्रकार सम्मेलन गरेर अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने बताएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडाौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी र महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले प्रहरीको साख जोगाएर अपराध नियन्त्रण गर्ने दाबी गरे। आफूहरू काठमाडांमा हिरो हुन नभई अपराध नियन्त्रण गर्न आएकाले कसैसँग पनि कुनै प्रकारको सम्झौता नहुने बताए। ‘हामीलाई हिरो हुनु वा सेलिब्रटी हुनु छैन , अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न हाम्रो ध्यान जानेछ,’ एसएसपी सुवेदीले भने, ‘हाम्रो उद्देश्य र लक्ष्य एउटै हो।’

महाशाखाका प्रमुख थापाले उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने एउटै उद्देश्य भएकाले त्यसलाई नियन्त्रण गर्न पनि दुई कार्यालयको समन्वय आवश्यक रहेको बताए। उनले आर्थिक, सामाजिक र साइबर अपराधसँगै लुकेर रहेका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

थप समाचार