यी पाँच राशि भएका व्यक्तिसँग प्रेम नगरेकै राम्रो

प्रकाशित मिति:

एजेन्सी यो दुनियामा धेरै कम मात्रै मानिस छन्, जो प्रेममा ‘धोका’ नपाएका होउन् । एकपटक जब प्रेममा धोका पाइन्छ त्यसपछि सम्हालिन धेरै गाह्रो हुन्छ । तर यो पनि वास्तविकता हो कि जिन्दगी कसैका लागि रोकिँदैन । के थाहा जिन्दगीको अघिल्लो मोडमा तपाईलाई धेरै खुसीहरु मिल्न सक्छन् ।

यदि तपाईले एकपटक प्रेममा धोका पाइसक्नु भएको छ भने फेरि पनि गलत पार्टनर नछान्नुहोस् । यसमा प्रश्न आउन सक्छ गलत व्यक्ति कसरी चिन्ने रु यस विषयमा हिन्दु धर्मसँग सम्बन्धित केही शास्त्र र ग्रन्थमा उल्लेखित जानकारीले हामीलाई मद्दत गर्छ ।यो आलेखमा हामीले यस्ता पाँच राशिको बारेमा उल्लेख गर्दैछौं, जो राशि भएका व्यक्ति प्रेमको मामलमा बढी ‘धोकेबाज’ हुन्छन् । अर्थात् यस्ता राशि भएका व्यक्तिसँग प्रेम गर्नुभन्दा एकपटक गम्भिर भएर सोच्नु जरुरी हुन्छ ।

मेष राशि:मेष राशि भएका व्यक्ति प्रेमको मामलामा त्यति व्यवहारिक मानिँदैनन् । यो राशि भएका व्यक्ति छिट्टै प्रेममा त पर्छन् । तर त्यसलाई दिगो बनाउन सक्दैनन् । जति छिट्टै उनीहरु प्रेम गर्न तयार हुन्छन्, त्यति नै छिट्टै छुट्टिन पनि । उनीहरुलाई यो कुराको पनि मतलब हुँदैन् कि उनको व्यवहारका कारण कसैको मन कुँडिदै छ ।

तुला राशि:तुला राशि भएका व्यक्ति प्रेममा सन्तुलित व्यवहार गर्दछन् । तर आफ्नो पार्टनरबाट जान–अन्जानबस कुनै गल्ती भए माफी दिने मामलामा यीनिहरु साह्रै अप्ठेरा खालका हुन्छन् । आफ्नो पार्टनरसँग जतिसुकै गहिरो प्रेममा भएपनि उसलाई छिट्टै भुल्न सक्नु तुला राशि भएका व्यक्तिको प्रमुख विशेषता हो ।

मिथुन राशि:मिथुन राशि भएका व्यक्ति आफ्नो व्यवहारका कारण प्रेमका लागि अनुपयुक्त पात्र मानिन्छन् । उनीहरु आफ्नो पार्टनरको इज्जत र सम्मानमा ध्यान दिँदैनन् । यस्तै बानीका कारण यो राशि भएका व्यक्तिसँग प्रेम गर्ने व्यक्तिले अपमान सहनुपर्ने हुन्छ ।

मकर राशि:मकर राशि भएका व्यक्तिलाई बोलीका हिसावले ‘छुच्चो’ मानिन्छन् । यो राशि भएका व्यक्ति आफ्नो रुखो बोलीले सामुन्नेका व्यक्तिको मनमा चोट पुर्याउन कुनै हिचकिचाहट गर्दैनन् । यदि प्रेम सम्बन्ध आफू अनुकुल नभए मकर राशि भएका व्यक्ति जुनसुकै बेला पनि ‘धोका’ दिन सक्छन् ।

धनु राशि:धनु राशि भएका व्यक्ति आफ्नो ‘करियर’प्रति बढी ध्यान दिन्छन् । उनीहरु आफ्नो कमाइ र करियरलाई नै सबैथोक मान्छन् । यदि आफूलाई पदीय र आर्थिक हिसावले फाइदा हुने कुनै काम गर्नुछ भने धनु राशि भएका व्यक्ति प्रेमलाई त्याग्न कुनै आइतवार कुर्दैनन् ।