उपेन्द्र यादव टेलिभिजनको माइक फालेर यसरी भागे (भिडियो)

प्रकाशित मिति:

काठमाडाैँ – सरकार छाड्ने तयारीमा रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव टेलिभिजनको माइक फालेर स्टुडियोबाटै भागेका छन । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण गरेर बनेको सामाजवादी पार्टीले जनतालाइ के दिन्छ भनेर पत्रकारले प्रश्नगर्दा उल्टै मिडियाले नेपाली जनताले के दिन्छ भन्दै प्रतिप्रश्न गर्दै उत्तेजित बनेका उपप्रधानमन्त्री यादव अन्तत टेलिभिजनबाट माइक फालेर बाहिरिएका हुन ।

एभिन्युज खबर टेलिभिजनमा पत्रकार सुशील पाण्डेसँगको सकस राजनीति भन्ने कार्यक्रममा उपप्रधानमन्त्री यदावले प्रश्न सोध्दा मर्यादा ननाध्न अनुरोध गर्दैजाँदा परिस्थिति भड्किएको हो । उपप्रधानमन्त्री यादवले प्रश्नको सामनाको साटो पत्रकारलाइ मर्यादाको कुरा सिकाउन खोजेपछि परिस्थिति असामान्य बन्छ र उपप्रधानमन्त्री यादव स्टुडियोबाट बाहिरिन्छन ।

अहिले सामाजिक सञ्जालमा उपेन्द्र यादव हट केक बनेका छन । उनको चर्चा धेरैले गरेका छन । धेरै यादव प्रश्नको जवाफ दिन नसकेर स्टुडियोबाट भागेको बताइरहेका छन भने केही पत्रकार लगायतले पत्रकारले प्रश्न सोध्नेक्रममा उत्तेजनामा अाउने काम र अशिष्ट व्यवहार गरेको प्रतिक्रिया दिइरहेका छन ।

पत्रकार र यादवको जुहारी यो भिडियोमा हेर्नुहोस् : –