काठमाडौं – सोमवार ललितपुरमा शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवका अवसरमा विशेष कार्यक्रम भइरहेको छ । जोशीलाई ललितपुर महानगरपालिकाले बग्गीमा राखेर नगर परिक्रमा गराइरहेको छ ।
कार्यक्रम साढे ११ बजेदेखि शुरू भएको हो । जोशीलाई जन्मदिनको शुभकामना दिन आज बिहानैदेखि उनको निवासमा मानिसहरूको भीड लागेको थियो । सत्यमोहनको सम्मानमा निकालिएको र्यालीमा विद्यार्थी, स्थानीय र बुद्धिजीवीहरूको सहभागिता रहेको छ ।