अजीतको संघर्ष : मोटरसाइकल वर्कसपदेखी रोटट्याक्टसम्म !

प्रकाशित मिति:

बुटवल – उमेरले भर्खरै ३ दशक काटेका अजीत घताने पेशाले वर्कसप सन्चालक हुन । बिगत लामोसमयदेखी बुटवलमा अजीत मोटरसाइकल वर्कसप सन्चालन गरेका घताने आफ्नो पेशाबाहेक सामाजीक काममा पनी अग्रसर देखिन्छन । रोटट्याक्ट क्लब अफ बुटवल डाउनटाउनका बर्ष २०१८÷१९ का अध्यक्ष अजित क्लबमार्फत युवाका लागी र बिभिन्न सामाजीक कामका लागी खटिएका छन ।

२००७ मा क्लबमा जिबन अधिकारी मार्फत क्लबमा प्रवेश गरेका उनी नेपाल अटोमेकानिक्स ट्रेड युनियन रुपन्देहीका जिल्ला उपाध्यक्ष सगै जेसीस लगायत रुपन्देहीका बिभिन्न संस्थामा क्रियाशिल छन । सानैदेखी आफै केहि काम गर्ने सोच बनाएको थिए, सबलपोष्टसग कुराकानी गर्दै घतानेले भने – क्लबका मार्फत पनी सामाजीक काम गर्न पाइएको छ । हामीजस्ता युवाहरु समाजप्रती अझै उत्तरदायीत्व हुनुपर्दछ भन्ने हेतुले पनी क्लबप्रतीको मेरो लगाब बढ्दो छ । उनले हाल नेतृत्व गरेको क्लबले चरङेका दुइ बालबालीकाहरुलाइ निशुल्क पढाउनेदेखी नेपाल अपाङ आश्रममा रहेका अशक्तहरुलाइ शिक्षा प्रदान गरिरहेको छ । क्लबकी सदस्य प्रतीमा थापाले उनीहरुलाइ आश्रममै पुगेर पढाइरहेकी छिन । क्लबमा उनी अध्यक्ष भैसकेपछी युवाहरुलाइ मोटिभेसनल सम्बन्धि काम पनी गरिरहेका छन ।

पेशाले फेरीएको जिन्दगी : सिटिइभिटी मार्फत अटोमेकानिक्सको तालीम लिनुअघि अजीत घतानेको जिन्दगी अर्कै मोडमा थियो । जब तालीम लिएर स्वरोजगार बने उनका दिन फेरिदै गए । आजभन्दा १६ बर्षअगाडी जिरोबाट शुरु भएको उनको ब्यबसायले दिनप्रतिदिन फड्को मारिरहेको छ । हाल ४ जना स्टाफमार्फत वर्कसपलाइ अगाडी बढाएका छन । बुटवल शिबनगरका कृष्णकुमारी र इन्द्रबहादुरका कान्छा छोरा अबिबाहित अजित आफुलाइ परिमार्जीत गर्दै समाजमा युवाको भुमिका खोज्ने अभियानमा पनी छन । उनी रोटट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको अध्यक्ष भैसकेपछी क्बलले मानबसेवा आश्रमदेखी अनाथ आश्रमसम्मका बालबालीकाहरुलाइ सहयोग गरेको छ ।

पोखराको बाराही मन्दिरको सरसफाइ तथा डस्टबिन बितरण, अनाथ बालबालीकाहरुलाइ बिभिन्न समयमा भ्रमण लगायतका काम पनी क्लबले सम्पन्न गरेको छ । आफ्नो कार्यकाललाइ अझै उत्कृष्ट बनाउन सबै सदस्यहरुसग समन्वय गरिरहेको उनले बताए । कुराकानीको अन्त्यमा उनले पेशा ब्यबसायसगै क्लब र अन्य सामाजीक सघंसस्थामार्फत सोसलवर्कमा समर्पित गरिरहने प्रतीबद्धता जनाए ।


प्रस्तुती : दिपक न्यौपाने