१६ लाख बराबरको प्रतिबन्धित भारुसहित ५ नेपाली समातिए

प्रकाशित मिति:

काठमाडौं  –  भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।परिसरका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई गएराति पक्राउ गरिएको पुष्टि गरे । तर, उनीहरुले कहाँबाट कसरी कुन प्रायोजनका लागि नोट ल्याए भन्ने खुल्न नसकेको बोगटीले बताउँछन् । उनले यस सम्बन्धमा प्रहरीले अनुसन्धान तिब्र पारेको बताएको छ ।