न्यु बिगिनिङ फेज टु कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल – बुटवल रक्सको आयोजनामा अ न्यु बिगिनिङ फेज कार्यक्रम सम्पन्न भएको छ् ।  रुपन्देही तथा आसपासका क्षेत्रहरुमा रहेका ब्याण्डहरुको साझा संस्था बन्दै गइरहेको बुटवल रक्सले ब्याण्डहरुको स्तरवृति तथा गुणस्तरियता थप गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो । बुटवल रक्समा आवद्ध एस् वटा ब्याण्डले कार्यक्रममा सहभागीता जनाएका थिए । कार्यक्रममा न्याचर ब्याण्ड , अमाध्यम , हेरिटेज नेपाल , प्यारानर्मल , आगमज र गोबिन एण्ड ब्याण्डको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।

बुटवल कालिकानगरमा रहेको द कन्सेप्ट क्लब एण्ड पपमा आयोजना भएको कार्यक्रमको संयोजक सुजन मानन्धरले गरेका थिए । कार्यक्रमको आर्थिक व्यबस्थापनको जिम्मा अजिब श्रेष्ठले गरेका थिए ।  कार्यक्रममा करीब ३०० मानिसहरुको सहभागीता रहेको थियो । ३ दर्जन भन्दा बढी ब्याण्डहरु समाबेश भएको बुटवल रक्सको अध्यक्षमा बसन्त श्रेष्ठ , सचिब अनुप प्रधान र कोषाध्यक्षमा सन्देश प्रधान रहेका छन ।