शिवम् सिमेन्ट र किसान माइक्रोफाइनान्सका सेयरधनीले कमाए

प्रकाशित मिति:

काठमाडौं – साताको दोस्रो काराेबार दिन आज सेयरबजार हरियो देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ६.३० अंकले बढेको छ।सेयरबजारमा १२ समूहका १ सय ६९ कम्पनीको सेयर किनबेच भएको छ। कुल ८ हजार ७ सय २१ पटकको सेयर किनबेचबाट आज २३ लाख ९२ हजार कित्ता सेयर बिक्री भएका छन्। यसबाट ७८ करोड ६४ लाखको कारोबार भएको छ। कारोबारका आधारमा आज शिवम् सिमेन्टको ११ करोडको सेयर प्रतिसेयर मूल्य ४ सय ९७ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

आज म्युचुअल फन्ड, वाणिज्य बैंक, होटल, विकास बैंक, ऊर्जा, उत्पादन र अन्य समूहको कारोबार हरियो हुँदा जीवन बीमा, माइक्रोफाइनान्स, फाइनान्स, निर्जीवन बीमा र व्यापार समूहको कारोबार सूचक ओरालो लागेको छ। त्यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडको ६ करोडको सेयर प्रतिसेयर मूल्य ३ सय ७२ रुपैयाँमा कारोबार भएको छ भने प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७८ लाखको प्रतिसेयर मूल्य १ हजार २ सय ४० रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ। त्यस्तै नेपाल बैंक लिमिटेड र सिभिल बैंक लिमिटेड पनि धेरै कारोबार हुने पाँच कम्पनीभित्रै परेका छन्।

शिवम् सिमेन्टका सेयरधनीले धेरै कमाए कमाइको आधारमा आज शिवम् सिमेन्टका सेयरधनीले धेरै कमाएका छन्। उनीहरुले प्रतिसेयर मूल्यमा ४५ रुपैयाँ कमाउँदा कम्पनीको सेयर मूल्य ४ सय ९७ रुपैयाँ रहेको छ। त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले पनि आज १४ रुपैयाँ कमाएका छन्। ९.५९ प्रतिशतले सेयर मूल्य बढ्दा कम्पनीको अन्तिम सेयर मूल्य १ सय ६० रुपैयाँ रहेको छ। यस्तै तेस्रो नम्बरमा कमाउने सूचीमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ।

कम्पनीको सेयर मूल्य ७.७९ प्रतिशतले बढेपछि यसका सेयरधनीलाई ६० रुपैयाँ कमाइ भएको छ। कम्पनीको ८ सय ३० रुपैयाँ प्रतिसेयर मूल्य रहेको छ। चौँथो धेरै कमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ। यस कम्पनीका सेयरधनीले ७.६९ प्रतिशतले आम्दानी गर्दा ७ रुपैयाँ बढेर प्रतिसेयर मूल्य ९८ रुपैयाँ पुगेको छ। त्यस्तै कालिका लघुवित्त वित्तीय संस्थाका सेयरधनीले आज ५२ रुपैयाँ कमाएका छन् भने कम्पनीको प्रतिसेयर मूल्य ७ सय ६२ रुपैयाँ पुगेको छ।

हिमालयन डिस्टिलरीका लगानीकर्ताले ६.०७ प्रतिशत गुमाए त्यस्तै आज हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले ६.०७ प्रतिशत गुमाएका छन्। सेयरमूल्यमा १ सय २५ रुपैयाँले घटेपछि अन्तिम सेयर मूल्य १ हजार ९ सय ३४ रुपैयाँमा झरेको छ।

त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका सेयरधनीले पनि आज ५.६९ प्रतिशतले गुमाउनुपरेको छ। कम्पनीको सेयरमा ७ रुपैयाँ घटेपछि १ सय १६ रुपैयाँ प्रतिसेयर मूल्य छ। त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ४.७६ प्रतिशतले घटेर १ सय ४० रुपैयाँमा आइपुगेको छ भने विशालबजार कम्पनी लिमिटेडको पनि ३.८९ प्रतिशतले मूल्य घटेर १ हजार ६ सय ७ रुपैयाँ प्रतिसेयर मूल्य कायम भएको छ।