द भ्वाइस अफ नेपाल’ मा २२ हजारको आबेदन

प्रकाशित मिति:

काठमाडौं – द भ्वाइस अफ नेपाल सिजन–२’ मार्फत् आफ्नो प्रतिभा देखाउन झण्डै २२ हजार नेपाली प्रतिभाहरुले डिजिटल अडिसनमार्फत् सहभागीता जनाएका छन् । कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिटल माध्यममार्फत् आबेदन दिएका हुन  ‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत् पनि आबेदन खुला गरेका थियौं’ निर्देशक लक्षमण पौडेलले भने– ’ एप डाउनलोड गरेर सहभागीता जनाउन कठिनाई महसुस गर्ने प्रतिभाहरुले फेसबुक म्यासेन्जर, भाइबर, ह्वाटसएपमार्फत् पनि हजारौंको संख्यामा आबेदन दिएका छन् । चैत १० मै म्याद सकिएपनि अझै दैनिक सयौंको संख्यामा आबेदन आइरहेको निर्देशक पौडेलले बताए ।

प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टीमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने छ । छानिएका प्रतिभाहरुले कोचसामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन् । कोचहरुको कुर्सी घुमेसँगै प्रतिभाहरुको भाग्य पनि बदलिनेछ । हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गतेसम्म तोकिएको भने शो असारबाट टिभीमा प्रशारण हुनेछ ।