अन्तरजातिय विवाह तथा जातिय छुवाछत सम्बन्धी दुई दिने सचेतनामुलक कार्यक्रम सुरु

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ सुर्यनगरमा नेपाल दलित जातिय उत्थान सहयोगी सस्था दाउन्नेदेवीको आयोजना तथा बर्दघाट नगरपालिका वडा नम्बर १६ को आर्थिक सहयोगमा अन्तरजातिय विवाह तथा जातिय छुवाछत सम्बन्धी दुई दिने सचेतनामुलक कार्यक्रम सोमबार देखी सुरु भएको छ ।

सस्थाका कार्यवाहक अध्यक्ष कुल बहादुर नेपालीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाको कार्यपालिका सदस्य अम्बिका लम्सालको प्रमुख आतिथ्यता एवं बर्दघाट वडा नम्बर १६ की वडा सदस्य दिलमाया थापा र वडा नम्बर १४ की दलित महिला सदस्य बुद्धिमाया सुनार, वडा नम्बर १६ का सचिव सविन गहतराजको विशेष आतिथ्यतामा सुरु भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको छ ।

ईन्द्रेणी समाजिक विकास केन्द्र सुनवलका विर बहादुर विश्वकमाको सहजिकरण रहेको कार्यक्रममा जातिय छुवाछुत नेपालको सविंधानमा दलित वर्गका हक अधिकार, समाजिक सरंचना र एैन कानुनका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिइने आयोजकले जानकारी गराएको छ । सस्थाकी कोषाध्यक्ष मिना विकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव प्रेम बहादुर नेपालीले गर्नुभएको थियो । सो कार्यक्रम मंगलबार समापन हुने आयोजकले जानाकरी दिएको छ ।